![]() |
वर्ल्ड प्रेस फोटो अफ दि इयर
एजेन्सी – सन् २०१७ का लागि ‘वर्ल्ड प्रेस फोटो अवार्ड’घोषित गर्न ज्यान जोखिममा राखेर खिचेको ८० हजार बढी तस्विरबाट केही विजयी तस्विर छानिएका छन् । कुनै तस्विर यस्ता छन्, जसले तपाईलाई भावुक र विचलित गराउँन सक्छ, तर सत्यताको बयान गर्नेछ ।
ती तस्विरहरु मध्ये टर्कीमा रुसुी राजदूतको हत्या गर्नेको तस्वीरले पहिलो पुरस्कार पाउन सफल भयो । जुन तस्वीरमा राजदूतको शव पनि देखिन्छ । े यो तस्वीर १९ डिसेम्बर २०१६ को हो र एपीका फोटो पत्रकार बुरहान ओजविलिसीले आफ्नो क्यामरामा कैद गरेका हुन् ।
वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। यो अवार्ड अहिलेसम्म कुनै पनि नेपालीले जित्न सकेको छैन। गत वर्ष भूकम्प आउँदा नेपालीको कुनै फोटोले यो अवार्ड जित्ने आशा गरिएको थियो। वर्ल्ड प्रेस फोटो अवार्ड सन् १९५५ देखि प्रदान गर्न थालिएको हो । यस बर्ष आठ श्रेणीमा २५ देशका ४५ फोटो पत्रकारले यस अवार्ड पाएका छन् ।
![]() |





No comments:
Post a Comment