• Breaking News

    Tuesday, February 14, 2017

    धुर्मुस-सुन्तलीले मुसहर बस्तीमै मनाए भ्यालेन्टाइन डे !

    बर्दिबास, ३ फागुन, तेस्रो एकीकृत बस्ती निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रेम दिवस मनाएका छन् । प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका उनीहरुले एकीकृत नमूना मुसहर बस्तीमा श्रमदान गरेर दिवस मनाएका हुन् । मुसहरहरुसँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइनमा श्रीमान श्रीमती नै बस्तीमा पुगेको उनीहरुले बताएका छन् । व्यस्तताका कारण माया प्रेमकालागि खासै फुर्सद नभएकाले मुसहरहरुसँगै काम गर्दै दिवस मनाउन लागेको उनीहरुको भनाई छ ।  प्रगाढ प्रेमकै कारण सामाजिक काममा पनि मन एक भएको भन्दै उनीहरुले एक अर्काप्रतिको विश्वास भए असम्भव केही नभएको बताएका छन् ।



     पहिलेका प्रेम दिवसभन्दा यसपालीको प्रेम दिवस अझै विशेष बनेको महसुस भएको सिताराम कट्टेलले बताएका छन् । मुसहरहरुको माझमा रहेर उनीहरुको दु:ख पिडालाई दुर गर्ने अभियानमा सरिक भएर प्रेम दिवस मनाउन पाउँदा निकै खुशी लागेको कुञ्जना घिमिरे बताएकी छिन् । मन मिलेमा प्रेमकोलागि कुनै दिवसको आवश्यकता नपर्ने बताउँदै उनीहरुले सामाजिक काम पनि प्रेमकै एउटा स्वरुप रहेको धारणा राखेका छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture