• Breaking News

    Wednesday, February 1, 2017

    दोलखाको माओवादी केन्द्र पत्तासाफ, पुरै कमिटी एमालेमा विलय

    १९,माघ,दोलखा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अहिले माओवादीका नेता कार्यकर्ता धमाधम प्रवेश गर्न थालेका छन् । यसैक्रममा मंगलबार दोलखामा सत्तारुढ नेकपा माओवादी केन्द्रको पुरै कमिटी एमालेमा विलय भएको छ । दोलखास्थित माओवादी केन्द्रको भिमेश्वर नगर कमिटी एमालेमा विलय भएको हो ।
    श्रीकृष्ण बस्नेत नेतृत्वको सम्पुर्ण नगर कमिटीलाई एमाले नेता एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल र युवा संघ केन्द्रिय सचिव परशुराम बस्नेतले दोलखामा आयोजित एक कार्यक्रममार्फत पार्टीमा स्वागत गरे ।

    त्यसक्रममा एमाले नेता पोखरेलले नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिइने बताउँदै उनीहरुको सुन्दर राजनितिक भबिष्यको कामना गरे ।
    एमाले नेता पोखरेलले अब देशैभरी माओवादी केन्द्र एमालेमा विलय हुने दाबी गरे ।
    दुई चार नेता बाहेक अब माओबादी बिस्तारै एमालेमा विलय हुने र त्यसको सुरुवात दोलखामा माओवादी नगर कमिटी पुरै एमालेमा विलय हुनुले गरिसकेको पूर्वमन्त्री पोखरेलको भनाई छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture