• Breaking News

    Wednesday, February 1, 2017

    टाउको काटेर हत्या, श्रीमान पुगे काटिएको टाउको सहित चौकीमा

    एजेन्सी, भारत मध्य प्रदेश धुरेरी भन्ने स्थानमा एक पुरुषले आफ्नै श्रीमतीको काटिएको टाउको सहित प्रहरी  चौकीमा  आत्मसमर्पण गरेका छन् । ३८ वर्षीय कालूसिंह राजपूतले श्रीमतीको चरित्र शंकास्पद भएपछि उनलाई खेतमा लागि टाउको काटेका थिए । काटिएको टाउको बोकेर प्रहरी चौकी जाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।



    प्रहरीका अनुसार बिहान ११ बजे खेतमा सरसों काट्न भन्दै लागेका उनले श्रीमती सरसों काट्न लागेपछि खेतमा लुकाई राखेको तलवारले टाउको काटेका थिए । टाउको काटे लगतै उनले काटिएको टाउको बोकेर प्रहरी चौकी जाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो । परिवारका अनुसार एक वर्ष अघि उनको मानसिक सन्तुलन बिग्रिएपछि उपचार चलिरहेको  थियो ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture