• Breaking News

    Sunday, February 19, 2017

    कतारमा ७ दिन सम्म तलव नपाए आफुले चाहेकै बेला कम्पनि परिवर्तन गर्न पाउने-नया नियम

    कतारमा ७ दिन सम्म तलव नपाए आफुले चाहेकै बेला कम्पनि परिवर्तन गर्न पाउने-नया नियम

    कतार सरकारले कामदार हरुलाई फाइदा हुने नियम परिवर्तन गरेको धेरै भएको छैन कम्पनि बाट फिनिश आएको भोलिपल्टै कतार जान पाउने नियम डिसेम्बरमा लागु भएको थियो ! फेरी कतार सरकारले अर्को नयाँ नियम थपेको छ, यदि तपाई काम गरिरहेको कम्पनिले तपाईको तलब तोकेको मिति भन्दा ७ दिन सम्मपनि तलव दिएन भने तपाई बिना (NOC) कम्पनि बाट एन ओ सी नलिएरै कम्पनि परिवर्तन गर्न पाउने कतार प्रशासनिक विकासम, श्रम तथा सामाजिक मन्त्रालयले (MADLSA जनाएको छ !

    मन्त्रालयले जनाय अनुसार कागज पत्र सम्पूर्ण तयारी भैसकेको छ त्यसलाई व्यबहारमा उतार्न मात्र बाकी रहेको छ, एकजना अधिकारीले भन्नुभयो हामी चाहन्छौ कि सबै कम्पनिहरुले आफ्नो कामदारको तलव समयमै दिउन कुनै समस्यानै परे तोकिएको मिति भन्दा एक हप्ता ढिला गरेर दिन सक्छन तर सो अवधि भन्दापनि धेरै ढिला गरे कम्पनीमा कार्यरत कामदारहरुले कम्पनि छोडेर अर्को कम्पनि खोज्ने अधिकार पाउने छन् चाहे उनीहरुको करार अवधि नसकिएको होस् !

    कतार सारकरले समयमै तलव सुविधा नदिने कम्पनिहरुको विवरण संकलन गरिरहेको र उक्त कम्पनिहरुलाई ब्ल्याक लिस्ट (कालो सुची)मा समावेस गर्दै आइरहेको छ त्यस्ता कम्पनिहरुलाई सरकारी सेवा सुविधा बाट बन्चित गरिने छ- मत्रलायाका एक अधिकारली भन्नु भयो !

    कतार सरकारले कामदार नियुक्त आफै गर्न-स्विस कम्पनिलाइ जिम्मा

    सरकारी अधिकारीहरुले जनाय अनुसार दक्ष र पारदर्शी कामदार नियुक गर्नका निमित्त एउटा स्विस कम्पनिलाइ अनुमति दिइएको छ जुन छिटै कार्यन्वयनमा आउने छ ! स्विस कम्पनीले कतारमा कामदार पठाउने ३९ ओटा देशहरुमा आफ्नो साखा खोल्ने तयारी गरिरहेको छ ! उक्त कम्पनीले कतारमा कामदार पठाउने सम्बन्धित देशमा कामदारको मेडिकल चेक, डकुमेन्ट भेरिफिकेसन, करार अवधिमा हस्तक्षर आदि लगाएतका काम हरु गर्ने छ जसले गर्दा नेपालका म्यानपावर कम्पनिहरुले नक्कली करार अवधि बनाएर वैदेशिक रोजगारमा कतार जाने नेपालीहरुलाई ठग्न पाउने छैनन् !


    मत्रालयले जनाए अनुसार कतारमा संचालित कुनैपनि कम्पनीले विदेशबाट कामदार झिकाउदा सम्बन्धित देशमा स्विस कम्पनीका कर्मचारी हरुलाई खटाएर मात्र कामदार भर्ना गर्न पाउने छन् र उक्त स्विस कम्पनीले आफ्नो सेवा सुल्क कतारमै रहेको कम्पनि बाट लिउने छ ! विदेशबाट कामदार झिकाउने कम्पनीले कति सेवा सुल्क स्विस कम्पनीलाई दिने भन्ने अझै निर्णय भने भएको छैन तर छिटै अब नेपालमा म्यानपावर कम्पनिहरु विस्थापित हुने भने पक्कापक्कि भएको छ ! कतारको लागि कामदार छान्ने काम कतार सरकारको मान्यता प्राप्त स्विस कम्पनीले नै गर्ने छ !

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture