![]() |
लघु कथा :
राम : पोथी बासेको राम्रो हुन्न । यो घरमा बस्नु छ भने मैले जे भन्छु त्यो गर। मलार्इ सिकाउन नखोज। मेरो मर्जी म जहाँ जाउ जोसँग जाउ तलार्इ के को टाउँको दुखाइ ?
सीता : तपार्इँले आफ्नो बानी चाहिँ परिवर्तन गर्नु पर्छ। यस्तो पाराले घर चल्दैन। हाम्रो झगडाले बच्चाहरुको मष्तिस्कमा असर परिरहेको छ।
राम : मसँग बस्न मन छैन भने नबस। म मेरो बानीलार्इ तैले भने बमोजिम परिवर्तन गर्न सक्दिनँ। खुट्टा भए जुत्ता कति कति सुनेकी छैनस्?
सीता : खुट्टा त मेरा पनि छन् नि के म पनि जुत्ता परिवर्तन गर्दै हिडौं चाहे जति?
राम : निस्की मेरो घरबाट बाइफाले आईमाई। आइन्दा यो घरमा देखे भने तेरा खुट्टा भाची दिन्छु अनि कसरी फेर्दी रहिछस् जुत्ता हेरौं त म पनि। म लोग्ने मान्छे हुँ जे गर्न नि छुट छ मलार्इ! आर्इमाई भएर फुटानी लाउँछे!
मेरो पनि त घर हो यो कहाँ जाउ म घर छोडेर?
डराएर कुनामा बसेका दुवै बालमनोविज्ञान आमा रोएको देखेर दौडिए। हत्केलाले आँसु पुछिदिए। दुर्इटा हातले डोर्याएर हिडिन् सीता गन्तव्यहीन बाटोमा। अलिपर माइत जाने बाटोको दोबाटोमा टक्क उभिइन्। मनको आवाज आयो-त्यो पनि त तेरै घर हो तेरो जन्म घर। अनुहार थोरै उज्यालो भयो। लागिन् माइततिर।
हजुरबुबा आमालाई देखेर शिव र राधा रमाए।
साझ बुबाले सोध्नुभयो: ज्वाइँ राजालार्इ आराम छ? एक्लै आयौ त छोरी?
सीता चुपचाप छिन् निशब्द छिन्।
आमा : हैन किन बोल्दिनौं?
सीता: थाकेको छु आमा। म सुत्छु है।
लोग्ने लिन आउँलान कि भन्दै सीताले बाटो हेरेको पनि दुई हप्ता बितिसक्यो।
आमा : छोरी अब घर जाउ तिमी। ज्वाइँलार्इ पकाएर खुवाउने कोही छैनन्। फेरि आउनु बरु छिट्टै।
सीता : भक्कानिदै बोल्छिन्। आमा कुन हो मेरो घर? आइमाइको घर कुन हो? हजुरको ज्वाइले बिना कसुर मलार्इ घरबाट निकालिदिनु भयो। अब तपाईं घर जाउ छोरी भन्नु हुन्छ।
न लोग्नेको घर मेरो घर हो। न मेरो जन्म घर मेरो घर हो। कुन घर हो आइमाइको आमा? कुन हो आइमाइको घर? अघिदेखि कुरा सुनिरहेका शिव र राधाले आमाको काखमा बसेर भन्छन्-मामाघर पनि हजुरको घर रहेनछ बाबाको घर पनि हजुरको घर हैन र`छ। आमा, अब म ठूलो भएर बनाउछु घर। आमाको आफ्नो घर। आमा जस्तै प्यारो घर।
मन परे Share गर्नु होला ।।
![]() |

No comments:
Post a Comment