• Breaking News

    Tuesday, February 14, 2017

    साउदी अरबबाटै फेसबुकमा काठमाडौंकी युवतीसंग बसेको प्रेमले हिरासतमा पुराएपछि

    काठमाडौं, ४ फागुन  वैदेशिक रोजगारीका लागि साउदी अरेबिया गएका ललितपुरका बलराम ठाकुरको फेसबुकबाटै काठमाडौंकी सरू केसी (नाम परिवर्तन)सँग चिनजान भयो । फेसबुक च्याटबाटै उनीहरू प्रेम सम्बन्धमा गाँसिए । तर, नेपाल आएपछि उनीहरूबीच सम्बन्ध बिग्रेको छ भने प्रतिशोध लिन खोज्दा ठाकुर हिरासतमा पुगेका छन्


    प्रहरीका अनुसार फेसबुकबाट ‘भर्चुअल’ प्रेम गाढा हुँदै गएपछि ठाकुर र केसीबीच अश्लील भिडियो च्याटसमेत भएका थिए । ठाकुरले केसीलाई विदेशबाटै उपहारसमेत पठाउन थालेका थिए । उनले नेपाल आएपछि बिहे गर्ने वाचा गरेका थिए ।
    गत महिना ठाकुर वैदेशिक रोजगारबाट नेपाल फर्किए । तर, नेपाल आउँदा उनको प्रेममा असमझदारी बढिसकेको थियो । प्रेमिका टाढा हु“दै गइन् । ठाकुरले प्रेमिकालाई होटेल र एकान्तस्थलमा बोलाए । तर, केसी गइनन् । शारीरिक सम्बन्धको प्रस्ताव राखेपछि उनी टाढा हुँदै गएको अनुसन्धानमा आबद्ध प्रहरी बताउँछन् ।
    प्रहरीका अनुसार प्रेमिकाले बेवास्ता गरेमा प्रतिशोध लिने योजना ठाकुरले पहिले नै बनाइसकेका थिए । उनले पहिला युवतीसँगको अश्लील भिडियो च्याट मोबाइलमा ‘सेभ’ गरेर राखेका थिए । म्यासेन्जरमा त्यही भिडियो पठाएर सम्बन्ध राख्न नदिए सार्वजनिक गरिदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गरे ।
    फेसबुके प्रेमले आफ्नो इज्जत बर्बाद हुने भएपछि केसीले साथीहरूको सल्लाहमा महानगरीय अपराध महाशाखामा प्रेमीविरुद्ध उजुरी दिइन् । ठाकुरलाई आइतबार पक्राउ गरी विद्युतीय कारोबार ऐन मुद्दामा कारबाही अघि बढाएको महाशाखाका डिएसपी पशुपति रायले जानकारी दिए ।
    फेसबुकको भर्चुअल प्रेमले ठाकुरको हिरासतको बास भएको छ भने केसीले पनि नसोचेको तनाव झेल्नुपरेको छ । सम्बन्धित व्यक्तिबारे वास्तविकता थाहा नभई फेसबुकमा चिनेकै आधारमा विश्वास गरेर प्रेम सम्बन्धमा गाँसिने र पछि सबै कुरा थाहा पाएपछि समस्या निम्त्याउने गरेको डिएसपी राय बताउँछन् ।
    युवतीहरूसँग फेसबुकबाट प्रतिशोध
    -अश्लील फेसबुक प्रोफाइल बनाई आफूसँग राम्रो सम्बन्ध नभएका युवतीहरूको नाम र मोबाइल सार्वजनिक गर्ने ललितपुरका सुरज बस्नेत पनि पक्राउ परेका छन् । दुई वर्ष अमेरिका बसेर फर्किएका बस्नेतले आफूले भनेको नमान्ने युवतीहरूसँग प्रतिशोध लिन पनि त्यस्तो काम गरेको प्रहरीले जनाएको छ ।
    काठमाडौंको एक कम्पनीमा लेखापालका रूपमा कार्यरत ३६ वर्षीय बस्नेतले अश्लील नाममा फेसबुक प्रोफाइल बनाई त्यसमा आफ्नै कार्यालयका केही युवतीको नाम र फोन नम्बर सार्वजनिक गरिदिएका थिए । यौनकर्मीका रूपमा प्रस्तुत गरी उनले नम्बरहरू सार्वजनिक गरेका थिए ।
    -सोही फेसबुक प्रोफाइलबाट नम्बर लिई सागर धितालले एक युवतीलाई पटकपटक फोन गरी ‘टर्चर’ गरेपछि बस्नेतको अपराध खुलेको हो । प्रहरीले धिताललाई आइतबार पक्राउ गरी सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ । प्रहरीले सोमबार बस्नेतलाई पनि पक्राउ गरेको छ ।
    रमाइलोका लागि आफूले अश्लील फेसबुक प्रोफाइल बनाएर युवतीहरूको नम्बर राखेको बस्नेतले बताएका छन् । कतिपय अपरिचित युवतीको फोन नम्बर पनि उनले फेसबुकमा राखेका थिए । तीन महिनाअघि उनले सो फेसबुक अकाउन्ट खोलेर २३ जना युवतीलाई यातना दिँदै आएको डिएसपी पशुपति रायले बताए

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture