• Breaking News

    Sunday, February 5, 2017

    छैन महिला र पुरुषबीच असमानता

    माघ २३ । संसारमा दुई जात हुन्छन्, महिला र पुरुष । यो दुई जातमा निकै विभेद पनि रहेको पाइन्छ । तर कोलम्वियाको एक गुरिल्ला क्याम्पमा भने महिला र पुरुषबिच कुनै असमानता छैन । यो गुरिल्ला क्याम्प समानताका दृष्टिकोणले विश्वमा नै उदाहरण बन्न पुगेको छ ।

    लामो समयदेखि हिंसाको आगो दन्कीरहेको क्यूबामा शान्तिको केही आशा पलाइरहेका बेला ल्याटिन अमेरीकाको एउटा देश कोलंबियामा भने गुरिल्ला युद्ध जारी नै छ ।

    ४१ वर्षदेखि जंगलमा सँगै रातदिन बिताउँदै आएका यि गुरिल्ला महिला रपुरुषबीच कुनै असमानता छैन । उनीहरु सँगै एउटै ओच्छानमा सुत्छन् । एउटै धारामा एकैपटक महिला पुरुष नुवाउँछन् र आवश्यक परेका सबै काम सँगै गर्छन् ।

    जंगलमा नै आधुनिक प्रविधिको भरपुर प्रयोग गर्ने यि गुरील्लाहरु त्यहीबाट नै आधुनिक स्वचालित हतियार चलाउँछन् । जंगलमा शिकार गरेर आफ्नो आहारा जुटाउँदै आएका यिनीहरुको समुहमा हाल २४ जना छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture