![]() |
अर्कातर्फ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि राउतको रिहाइको माग गर्दै आएको छ । देश टुक्रयाउने माग राखेका कारण उनलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।
प्राप्त तथ्यअनुसार पहिलो मधेस आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झना प्रत्येक वर्ष माघ ७ गते बलिदानी दिवस मनाइदै आएको छ । उक्त अवसरमा राउतले लाहानमा शक्ति प्रदर्शन गरेका थिए ।
राउतको कार्यक्रमस्थल नजिकै मधेसी मोर्चाले आयोजना गरेको सभा लगभग शून्य थियो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सभा नै छाडेर हिडे ।मधेसी मोर्चाका नेतामध्ये तराइ मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुर र राउतबीच घनिष्ठ सम्बन्ध रहेको स्रोतले बताएको छ । स्वतन्त्र मधेसको स्थापना गर्दा पनि ठाकुरसँग राउतले छलफल गरेका थिए ।
राउतले लेखेको ‘मधेसका इतिहास’ पुस्तक लेखनका क्रममा पनि ठाकुरले सहयोग गरेका थिए । स्रोतहरु भन्छन् ‘पछिल्लो समय पनि राउतले ठाकुरलाई निकै सम्मान गर्छन् । पक्राउ पर्नुअघि काठमाडौं आउँदा ठाकुरसँग उनले गोप्य रुपमा पटक पटक छलफल पनि गरेका थिए ।’
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले राउतलाई निकै नजिकबाट नियाल्दै आएका छन् । कुनै बेला उनी राउतकै एजेण्डामा मधेस जान सक्ने आंकलन गर्छन् ।
![]() |

No comments:
Post a Comment