• Breaking News

    Sunday, February 19, 2017

    रिया फौजा मगर : डान्स स्टार

    फाल्गुन ९, २०७३- तेरिया फौजा मगर नृत्यांगना हुन् । अहिलेसम्म २० देशमा नृत्य देखाइसकेकी छन् । उनले भारत र नेपालका विभिन्न ठाउँमा अझ धेरै सो गरेकी छन् । नाचेरै उनले नेपाल र भारतमा धेरै उपाधि जितेकी छन् । अहिलेसम्म उनलाई करिब ४ सय संघसंस्थाले सम्मान गरिसकेका छन् ।



    तेरिया १४ वर्षकी भइन् । यति सानो उमेरमा पनि उनले नाचेर धेरै नाम र दाम कमाइसकेकी छन् । गत जनवरीमा उनले भारतीय सिनियर डान्स स्टारबीचको ठूलो नृत्य प्रतियोगिता जितिन् । त्यो भारतीय टीभी कलर्सको ‘झलक दिखला जा’ को रियालीटी सोको उपाधि हो । यसमा अन्य डान्स प्रतियोगिताका विजेताहरूबीच मात्रै प्रतिस्पर्धा भएको थियो । जितसँगै तेरियाले ३० लाख भारतीय रुपैयाँ पाइन् । रेनाल्ड डस्टर ब्रान्डको कार पनि उपहारमा पाउँदै छिन् । यसअघि सन् २०१४ मा जी टीभीको ‘डीआईडी लिटिल मास्टर’ जितेकी थिइन् । त्यसमा ४० हजार प्रतिस्पर्धीलाई पछाडि पारेकी थिइन् । डीआईडीमा प्रथम भएबापत १० लाख भारतीय रुपैयाँ पुरस्कार पाएकी थिइन् । तेरियाले डीआईडी विजेताका तर्फबाट यसमा प्रवेश पाएकी हुन् ।
    ‘झलक दिखला जा’ प्रतियोगिता गत जुलाईमा सुरु भएको थियो । त्यसमा १२ जोडी सिनियर महिला पुरुष डान्स सेलिब्रिटी छनोट भएका थिए । तेरियासहित ५ जना जुनियरलाई भने अक्टोबर ८ मा च्यालेन्जरका रूपमा प्रवेश गराइएको थियो । त्यसरी प्रवेश पाएकामध्ये तेरियामात्रै फाइनलमा पुगेकी थिइन् । फाइनलमा उनले ‘डीआइडी’ सिजन १ का विजेता तथा ‘झलक दिखला जा’ का पूर्वविजेता सलमान युसुफ खान र वल्र्ड हिपहपका च्याम्पियनसिपका विजेता सानतनु महेश्वरीसँग प्रतिस्पर्धा गरिन् ।



    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture