बाग्लुङ, २४ माघ । बागलुङमा सोमबार बिहान भएको आगलागीबाट दुईजना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अधिकारीचौर–३ स्थिति ओमकार बिकको गोठमा आगलागी हुँदा उनका छोरा र छोरीको ज्यान गएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक कृष्ण रानालाई उदृत गर्दै जिल्ला प्रहरी कार्याल्य बाग्लुङले जनाएको छ । मृत्यु हुनेमा बिकका ८ वर्षीय छोरा सञ्जु विक र ३ वर्षीया छोरी संगिता विक रहेका प्रहरीले जानकारी दियो । गोठमा बिहानै आगो सल्केर दुबैजनाको मृत्यु भएको खबर पछि बुर्तिबाङबाट प्रहरी टोली परिचालन गरिएको छ । बुर्तिवाङबाट घटनास्थल ४ घण्टा पैदल दुरीमा छ । विस्तृत विवरण आउन बाँकी । (फाइल तस्बिर)
No comments:
Post a Comment