• Breaking News

    Saturday, February 4, 2017

    तेरिया मगरलाई सरकारले सम्मान गर्छः रक्षामन्त्री

    रक्षामन्त्री बालकृष्ण खाँणले तेरिया फौजा मगरलाई शान्तिदूत र राष्ट्रिय प्रतिभाको रूपमा घोषणा गर्न मन्त्रिपरिषदमा कुरा राख्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा तेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा आभार प्रटक कार्यक्रममा बोल्दै मन्त्री खाँणले नेपाल र नेपालीको शीर उच्च पार्नेजस्तो महत्वपूर्ण काम गरेकोमा तेरियालाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्न मन्त्रिपरिषदमा कुरा राख्ने बताएका हुन्।


    मन्त्रि खाँणले भने, ‘तेरियाले सानै उमेरमा देशको लागि ठूलो योगदान दिएकी छिन्, उनको योगदानले नेपाल र नेपालीको शीर उचो बनाएको छ, भावी पुस्ताको लागि अनुकरणीय र वर्तमान स्थितिका बालबालिकाको लागि आर्दशको रुपमा तेरिया अघि आएकी छिन्, तेरियाको ईच्छा चाहाना र आवश्यकता पूर्ति गर्न सरकार जहिले पनि सकारात्मक छ, तेरियाको योगदानको उच्च कदर गर्दछ, मैले तेरियाको सफलता र तेरियासँग जोडिएको नेपालीपनलाई सरकारसामू राख्नेछु, जसले आगामी दिनमा तेरियालाई अघि बढ्ने हौसला मिल्नेछ।’
    तेरिया फाउण्डेशनकी संरक्षक तथा भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’को बिजेता तेरिया फौजा मगरले आफ्नो क्षमताले मात्रै बिजेता नबनेको बताएकी छिन्। उनले भनिन्, ‘मेरो क्षमता त छदै थियो, त्यतिले मात्र म सफल बनेकि होईन्, देश तथा बिदेशमा रहेका तमाम नेपालीहरूको भोटिङ्को अमूल्य सहयोगले म सफल भएकी हुँ।
    उनले फरक प्रसंगमा आफूलाई नेपालमा किन बस्दिनन् भनेर कुरा चलिरहेकोले आफू जहाँ भए पनि नेपालको काम गर्ने बताईन्।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture