• Breaking News

    Sunday, February 19, 2017

    रूपन्देहीको सिलौटिया तनावग्रस्त, प्रहरीको एसएलआर लुटियो

    रुपन्देहीको सिलौटीया गाविसबाट आईतबार दिउँसो प्रहरीको हतियार लुटिएको छ। रूपन्देहीको सिलौटीया गाविसस्थित वडवलीया प्रहरी चौकीमा प्रहरीले बोकेको एसएलआर लुटिएको प्रहरीले जनाएको छ।
    अहिले सो क्षेत्र तनावग्रस्त भएको जनाएको छ। सनिबार सिके राउतका कार्यकर्ताले मझगावामा गर्न लागेको कार्यक्रममा प्रहरीले अवरोध गरेपछि सनिबार बिहानैदेखि सो क्षेत्रमा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप समेत भएको थियो।
    आईतबार प्रहरीमाथि ढुंगामुढा र हतियार लुट्ने कार्यमा पनि सिके राउतका कार्यकर्ताकै संलग्नता हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
    घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षकको कमाण्डमा एउटा टोली पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनालाई नियन्त्रणमा लिन केही शेल अश्रुग्यांस समेत प्रहार गरेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture