• Breaking News

    Sunday, February 5, 2017

    चार महिनाको तलब नदिई कम्पनी सञ्चालक सम्पर्कबिहीन हुँदा कतारमा २२ नेपाली अलपत्र

    कतार, २४ माघ - चार महिनाको तलब नदिई कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कबिहीन भएपछि कतारमा २२ जना नेपाली कामदार अलपत्र परेका छन्।

    पीडितहरुले उद्दारका लागि नेपाली दुताबाससहित कतारको सम्बन्धित निकायमा पुगे पनि सुनुवाई हुन नसकेको बताए। उनीहरु आठ महिनाअघि कतार पुगेका थिए। उनीहरु टिम वर्करियल स्टेस कम्पनीमा कार्यरत थिए। तलब नदिई कम्पनी सञ्चालक सम्पर्कबिहीन भएपछि उनीहरुलाई खाना समेत अभाव हुन थालेको छ।

    अलपत्र पर्ने नेपाली कामदारमा चितवनका कृष्ण प्रसाद ढकाल, बुटवलका रवि खत्री, रुपन्देहीका  हरिनारायण थारू र सफिक महमद फगिर, स्याङ्जाका रिगबहादुर गुरुङ, दैलेखका कुमार राजु शाही,  मोरङका बिनोदकुमार, डगलसिंह लिम्बु, बिमल धामी थारु र अरबिन चौधरी, नवलपरासीका राजेश, धनुषाका मोगेन्द्र महरा,सुरजकुमार राई, बोएलाल मण्डल र राम मगत गोटिया, महोत्तरीका नसोम, कैलालीका नारायण चौधरी, सुनसरीका प्रेम प्रकाश चौधरी, ताप्लेजुङका फुर्वा शेर्पा, दाङका यज्ञबहादुर केसी, सर्लाहीका सदाम हुसेन र सप्तरीका सुरेशकुमार चौधरी छन्।

    कम्पनीले पीडित कामदारको आवासीय भिसासमेत लगाइदिएको छैन। पीडित कामदारहरु स्वदेश पठाइदिनको लागि कतारको खोज अनुसन्धान केन्द्रमा समेत पुगेका थिए। ‘केन्द्रले टिकट लिएर आउन भनेको छ। हामीसँग टिकट छैन,’ सप्तरीका चौधरीले भने,‘टिकट जुटाउने प्रयास भइरहेको छ।’

    कम्पनीका ब्यवस्थापकले तलब र टिकट दिन्छु भन्दै हातमा राहदानी दिएर सम्पर्क बिहीन भएका छन्। अलपत्र अधिकांश कामदार इभ नेपाल ओभरसिजबाट गएका थिए। कान्तिपुर दैनिकमा खबर छ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture