![]() |
भारतीय टेलिभिजन कलर्सबाट प्रसारित डान्स रियालिटी सो ुझलक दिखला जाु की विजेता टेरिया फौजामगरलाई शान्तिदूत घोषणा गर्ने प्रस्ताव गरिने भएको छ ।
टेरियालाई सम्मान गर्न आयोजित कार्यक्रममा उपस्थित रक्षामन्त्री बालकृष्ण खाँडले टेरियालाई शान्तिदूत र राष्ट्रिय प्रतिभाका रूपमा घोषणा गर्न मन्त्रिपरिषद्मा आफूले प्रस्ताव राख्ने जानकारी दिएका हुन् ।
कार्यक्रममा टेरियाले आफूलाई अनलाइन भोट गरेर जिताउने सबै नेपालीलाई धन्यवाद दिएकी थिइन् ।
भारतमै प्रतिष्ठित मानिएको यस रियालिटी शो विजेता टेरियालाई सम्मान गर्न टेरिया मगर फाउन्डेसनले कार्यक्रम आयोजना गरेको थियो ।
![]() |

No comments:
Post a Comment