• Breaking News

    Saturday, January 28, 2017

    यमबुद्ध’को शव आज नेपाल ल्याई अन्त्येष्टि गरियो

    काठमाडौँ, १५ माघ, केही दिन अगाडि बेलायतमा मृत्यु भएका गायक अनिल अधिकारी ‘यमबुद्ध’को शव आज नेपाल ल्याई अन्त्येष्टि गरिएको छ । यही माघ १ गते बेलायतमा मृत्यु भएका २९ वर्षीय यमबुद्धको पार्थिव शरीर बेलायतबाट आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । श्रद्धाञ्जलिका लागि उक्त स्थानमा आफन्त, इष्टमित्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा तथा कलाकारलगायतको सहभागिता थियो । उनको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार आजै साँझ अन्त्येष्टि गरिएको हो ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture