• Breaking News

    Saturday, January 28, 2017

    मधेसी नेता बिरुद्द मधेसमै उर्लियो जनसागर: मधेसी मोर्चाले रैथाने मधेसी जनताको अधिकार खोसेको भन्दै गठन भयो -रैथाने एकता परिषद!

    लाहान, १६  माघ– मधेसी मोर्चाका नेताहरु पुस्तौंदेखि बस्दै आएका भूमिपुत्र रैथाने मधेसीका अधिकार खोस्न र अंगिकृतहरुको स्वार्थ स्थापना गर्न सक्रिय रहेका बेला मधेसमा रैथाने एकता परिषद स्थापना भएको छ । शनिवार दिउसो सिराहाको मिर्चैयामा विशाल मोटरसाइकल र्याली समेत गरी लाहानमा पुगि रैथाने एकता परिषद् घोषणा गरिएको हो ।


    भूमिपुत्र रैथाने मधेसीलाई कमजोर पार्न भारतको स्वार्थमा भूमिपुत्र रैथाने मधेसीका अधिकार खोस्न मधेसी मोर्चा सक्रिय रहेको उनीहरुको निश्कर्ष छ ।
    दिउसो १ बजे सिराहाको मिर्चैयाबाट मोटरसाइकल र्याली सुरु गरी लाहान पुगेर रैथाने एकता परिषद घोषणा गरिएको थियो । घोषणासभामा परिषदका संयोजक सन्तोष बराइलीले परिषदका अन्य पदाधिकारी र सदस्यको नाम पछि दिइने बताए ।


    ‘हिमाल, पहाड, तराई नेपालको अविच्छिन्न भूभाग हुन् र यहाँ पुर्खाैंदेखि बसोबास गर्दैआएका सबै नेपाली हुन् भन्ने भावना विकास गर्न, मधेसी, थारु, दलित, मुश्लिम, पहाडि सबै जात, धर्म, सम्प्रदाय र क्षेत्रका बासिन्दाबीच सद्भाव कायम गर्न र विकास गर्न, जात, भाषा, धर्म, रंग, क्षेत्रका बासिन्दाबीच बढाउन खोजिएको कटुता अन्त्य गर्न र एकता विकास गर्न, पुस्तौदेखि नेपाली जमिनमा हुर्किएका, यहाँको हावा, पानी, जमिनबाट सिञ्चित रैथानेहरुलाई एकिकृत बनाउन, सबै जात—जाति, भाषा—भाषी, धर्म, क्षेत्रका रैथाने नेपालीलाई अधिकार दिलाउन, सबै खाले रैथाने नेपालीको भाषा, धर्म, संस्कृतिको संरक्षण गर्न र विकास गर्न परिषद् गठन गरिएको हो’ रैथाने एकता परिषदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    परिषद् राजनीतिक पार्टी नभएको र जुनसुकै विचारमा आस्था राख्ने नेपालीहरु यसमा संगठित हुन सक्ने जनाइएको छ । ‘यो राजनीतिक पार्टी होइन, यसमा जुनसुकै राजनीतिक दलमा रहेका, नरहेका सबै नेपाली अटाउन सक्छन्, यसले रैथाने नेपालीलाई संगठित गर्छ, आफ्ना हक अधिकारबारे उनीहरुलाई जानकार बनाएर सचेत बनाउँछ, राजनीतिक दल, सरकार, गैरसरकारी संस्था र सबै खाले निकायहरुलाई रैथाने नेपालीको पक्षमा कानुन बनाउन, तिनको कार्यान्वयन गर्न दबाब दिन्छ, यसले रैथाने नेपालीहरुलाई संगठित गर्न, केन्द्र, प्रदेश, जिल्ला, नगर, गाउँ तहसम्मको संगठन बनाउँछ, रैथाने एकता परिषद अहिले प्रस्तावित छ, छिटै यो नेपालको संविधान, कानुन बमोजिम आवश्यक निकायमा दर्ता भई वैधानिक ढंगले अघि बढ्छ र शान्तिपूर्ण, लोकतान्त्रिक र मर्यादित ढंगले आफ्ना गतिविधी अघि बढाउँछ’ विज्ञप्तिमा उल्लेख छ ।

    लाहानमा रैथाने एकता परिषद्को नेतृत्वमा भएको मोटरसाइकल र्यालीमा सिराहा, सप्तरी र धनुषाका युवाहरुको उल्लेख्य सहभागिता थियो । मधेसी मोर्चाले अंगिकृत नागरिकहरुलाई प्रोत्साहन गरेको र उनीहरुलाई राजनीतिको केन्द्रमा पुर्याउँदै आएका छन् । परिषदले अंगिकृतको साटो भूमिपुत्र रैथानेहरुलाई राजनीतिसहित समाजका सबै क्षेत्रमा अघि बढाउनु पर्ने बताएको छ ।


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture