![]() |
Leader Poudel said this while talking to journalists at the Tribhuvan International Airport upon his arrival home from South Korea today after participating in a programme organised by the party’s sister wing, Janasamparka Samiti, South Korea.माघ १७, २०७३- गुल्मी– ७८ वर्षीय दुलाहा, ४३ वर्षीया दुलही । लौरो टेक्दै अघि लागेका श्रीमानको हात समाउँदै खुसी र उमंगसहित पछिपछि श्रीमती । जन्तीको लस्करमा थिए प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानासहित दर्जनौं अधिकारकर्मी र स्थानीय ।
अन्तरजातीय र फरक उमेर बीचको प्रेम सम्बन्ध खुलेपछि गत पुस १ मा गाउँबाटै धपाइएका अर्वेनी–५ का लालबहादुर सुनार र सावित्रा न्यौपानेबीच बाजागाजाका साथ शनिवार दोस्रो विवाह भएको छ । अधिकारकर्मी र स्थानीयकै पहलमा दम्पतीलाई पञ्चेबाजासहित पुर्नस्थापना गरिएको हो । गाउँ निकालासँगै भत्काइएको उनीहरुको घर पनि स्थानीय समुदायबाटै निर्माण गरिएको छ । खरले छाएको पुरानो घर भत्केपनि अहिले टिनको छाना, दुई कोठा र शौचालयसहित चिटिक्कको घर पनि निर्माण भएको छ ।
गुल्मीको अर्वेनी ५ का ७८ वर्षिय लालबहादुर सुनार र ४३ वर्षिय साबित्रा न्यौपाने बिच शनिवार गाउँमै धुमधामसंग भएको विवाहमा खुशी र उमंग साथ । मानवअधिकारकर्मी, स्थानीय समुदाय र प्रशासनको सहयोगमा गाउँ निकाला भएको डेढ महिनापछि दुवैको औपचारिक विवाह गराएर पुर्नस्थापना गरिएको छ । तस्विर : घनश्याम गौतम/कान्तिपुर ।
लालबहादुर र सावित्रालाई स्थानीय राजनीतिक दलका प्रमुखसहित गाविस कार्यालयमै उपस्थित भएर छलफल गराई विवाह गरेको कागज गराएर गाउँमा बस्न नदिई निकाला गरिएको थियो । बाहुन परिवारकी महिला दलित बृद्धसँग लागेको आरोपमा सावित्राका भतिजा चिन्तामणि न्यौपानेकै अगुवाइमा घर समेत भत्काउन लगाइएको थियो । प्रहरीमा सार्वजनिक अपराधअन्तर्गत निवेदन दर्ता भएपनि समाजमा पुर्नस्थापित गर्ने दिनसम्म चिन्तामणि र गाविस सहायक झविलाल न्यौपाने फरारकै सूचिमा छन् ।
उजुरी परेका दुवै फरार रहेपनि कुनै न कुनै दिन पक्राउ पर्ने र कारवाही पनि हुने प्रजिअ ढुंगानाले बताए । ‘गाउँ निकालामा भुमिका निर्वाह गर्ने र उजुरीमा उल्लेख गरिएका दुवै व्यक्ति अहिले पनि फरार छन्,’ पुर्नस्थापित कार्यक्रममा उनले भने, ‘खोजी भइरहेको छ । पक्राउ पर्नासाथ कारवाही हुन्छ ।’ जुन समाजले अभद्र व्यवहार गर्दै गाउँबाट धपाएको हो, त्यही समाजले घर समेत बनाइदिएर सम्मानसहित पुर्नस्थापित गरेर एक प्रकारको न्याय दिलाएको उनले बताए । ‘यो पनि एउटा न्याय नै हो’, उनले भने, ‘थप न्याय राज्यले दिने छ ।’
पुर्नस्थापनाका क्रममा जहाँबाट दुवै बृद्धलाई अभद्र व्यवहार गर्दै गाविस भवनसम्म पुर्याएर गाउँ बाहिर पठाइएको थियो, शनिवार पनि त्यहीं स्थानदेखि गाविस भवनसम्मै माला लगाइदिएर बाजागाजासहित पुर्याइयो । गाविस भवनमा स्थानीय दलित साझा मञ्चको आयोजनामा भएको पुर्नस्थापित कार्यक्रममा दम्पतीलाई प्रजिअ ढुंगानासहित अधिकारकर्मीले दोसल्ला ओढाएर सम्मान पनि गरे । गाउँबाटै धपाइएका उनीहरु दुवै जना पाँच दिन जंगलको ओडारमा बसेका थिए । दलित अधिकारर्मीले उद्धार गरेपछि न्याय खोज्दै सदरमुकाममा झण्डै एक महिना बिताए ।
सम्मानपछि घर भित्र्याउने क्रममा लालबहादुरकी बुहारीले दैलोमा उभिएर स्वागत गरिन् । पछिपछि थिए ३८ वर्षे छोरा र तीन वर्षे नाती । ‘बुवाले अपमान भोगेको डेढ महिनापछि न्याय र सम्मान दुवै मिल्यो’, छोरा अनुरामले भने, ‘अब यही समाजमा मिलेर बस्छौं ।’
बृद्ध लालबहादुरकी श्रीमतीको २२ वर्षअघि मृत्यु भएको थियो । सावित्राका श्रीमान चन्द्रकान्त शारीरिक अपांग छन् । सावित्राले छाडेर गएपछि अपांग श्रीमान्, तीन छोरा र एउटी छोरीको बिचल्ली भएको छ । गाउँ निकालाको मुख्य भुमिका निर्वाह गरेका भनिएका चिन्तामणि सम्पर्कविहीन छन् । अर्का झविलालले भने फोनमा संवाददातासँग आफू गाउँ निकाला र घर भत्काउने दुवै काममा संलग्न नभएको दाबी गरे । ‘म गाविसको कर्मचारी हुँ’, उनले भने, ‘सबै राजनीतिक दलले छलफल गरेपछि दुवैजना पतिपत्नी भएर बस्न सहमत भएको कागज सबैको सहमतिमै गराइदिएको मात्र हो ।’
गाविस सचिव भोजबहादुर रानाले सबै बीच एकै खालको स्वभाव र बिचार नहुँदा केही गल्ती कमजोरी भएपनि त्यसलाई सच्चाएर अपमानित भएकालाई स–सम्मान पुनस्र्थापना गर्नु न्यायको अर्को पाटो भएको बताए । ‘पहिलो जस्तो अन्याय भयो’, उनले भने, ‘अहिले त्यही समाजले न्याय दिएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’ अन्तरजातीय भएकै कारण गाउँ निकाला गरिएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय दलित आयोग र जिल्लाका अधिकारकर्मीहरुलगायतले घटनाको भर्त्सना गर्दै समाजमा पुर्नस्थापित गर्न र दोषीलाई कारवाहीको माग गर्दै आएका थिए । गाउँ निकालाको घटना निन्दनीय भएपनि त्यही समाजले सम्मान साथ गरेको पुर्नस्थापना उदाहरणीय भएको अधिकारकर्मी गणेश श्रेष्ठले बताए । उनीहरुको पुर्नस्थापनामा सहयोगका लागि सिर्जनशील सामुदायिक विकास केन्द्रले दुई हजार नगद सहयोग थियो ।
He said if the local elections take place within May this year, then it would be possible to hold the election of the Province Assemblies and the Federal Parliament within November.
“There is no alternative to holding all the three tiers of elections for enforcement of the constitution and the parties should be serious on this,” he said.
He also questioned the possibility of the election given the Madhesi Front’s stance that the election cannot take place without the constitution amendment, the UML’s stand that elections should be held foregoing the constitution amendment and the Prime Minister’s emphasis on holding the election only after patching up the two divergent views.
Poudel also demanded that the Madhesi Front parties should make their views on the report of the Local Body Restructuring Commission, urging all parties to work together for holding the election.
![]() |


No comments:
Post a Comment